प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

35
0
Share:

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

बैंकले यो सेयरको भाउ भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

Share: