३५ अंकले घट्याे सेयर बजार, ८ अर्ब १७ करोडको कारोबार

32
0
Share:

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५ को विन्दुमा कायम भएको छ ।

आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब १७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माइखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.९० प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

Share: