विवादास्पद भूमि व्यवस्थामन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

25
0
Share:

काठमाडौं । पोखराको १३५ रोपनी जग्गा मिलाउने क्रममा घुस लिएको आरोपसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम समेटिएको नयाँ अडियो सार्वजनिक भएको छ।  अडियो बाहिरिएसँगै मन्त्री अधिकारीले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सार्वजनिक अडियोमा ३२ लाख रुपैयाँ घुस मन्त्री अधिकारीले आफ्नै छोरा मनोज अधिकारीमार्फत लिएको दाबी गरिएको छ । यसै प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, तत्कालीन सचिव अर्जुन पोखरेल लगायतको नाम पनि अडियोमा उल्लेख गरिएको छ । गुप्ताले यसअघि मंगलबार नै राजीनामा दिइसकेका छन् ।

Share: