साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध

27
0
Share:

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् ।

अष्ट्रेलियाको ए लिगको नयाँ सिजनका लागि फिनिक्सले साम्बालाई अनुबन्ध गरेको हो ।

उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् । सावित्रा २०२५/२६ को ए–लिगका लागि वेलिङटन फोनिक्स महिला टोलीमा आबद्ध भएकी १७औं खेलाडी हुन् ।

 

Share: