सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

21
0
Share:

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४ को विन्दुमा कायम भएको छ ।

आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ ।

आज २६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबेभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.३४ प्रतिशतका दरले गुमाएका छन् ।

Share: