डीनको महिला कर्मचारीसँगअश्लील हर्कत प्रकरण: छानविन समितिका संयोजक र सदस्यको राजीनामा

144
0
Share:

काठमाडौँ /निलम्बनमा परेका कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तमाथि छानविन गर्न गठित भएको छानविन समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन् ।छानविन समितिका संयोजक प्रा.डा.श्रवणकुमार साह र प्रा. नारायण राज जोशीले रजिष्ट्रार समक्ष राजीनामा दिएका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको कार्यालयले छानविन समिति गठन गरिएको थियो ।

विश्वविद्यालयले छानविन गर्न सेवा निवृत्त प्रा.डा.श्रवणकुमार साहको संयोजत्वमा तीन सदस्य समिति गठन गर्ने निर्णय गरेको थियो ।
छानविन समितिका संयोजक साह र सदस्य जोशीले विषय सम्वेदनशील भएको र यस विषयमा आफनो दखल नभएको भन्दै आज राजीनामा दिएका हुन् ।प्राध्यपकद्वयले कृषि संकायका डीन प्रा. जय प्रकाश दत्तसँग सम्बन्धित समाजिक संजालमा देखिएको विषयवस्तु संवेदनशील भएको हुँदा सो सम्बन्धमा के कसो भएको हो अध्ययन गरी सत्य तथ्यसहित राय सुझाव प्रतिवेदन पेश गर्न भनिएकोमा आफूहरूमा उक्त विषय सम्बन्धि कुनै शिप तथा दखल नभएकाले राजीनामा बुझाएको बताए ।

 

हामीसँग यस सम्बन्धी दखल छैन त्यसकै असमर्थता प्रकट गर्दै राजीनामा दिएको प्राडा श्रवणकुमार साहले बताए ।उनले भने,‘हाम्रो असमर्थता रहेको आफ्नै कार्य व्यस्तता र स्वास्थ्यको कारणले पनि छानविनमा समय दिन न सकिने अवस्था रहेकोले सो छानबिन समितिबाट राजिनामा दिएको हौं । ’जुम बैठक चलिरहँदा चियाको गिलास लिएर आएकी महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तलाई बिहीबार निलम्बन गरेको थियो । विश्वविद्यालयले उनलाई निलम्बन गरेर थप अनुसन्धान गर्न छानविन समिति बनाउने निर्णय गरेको थियो ।

 

सेवा निवृत्त प्रा.डा.श्रवणकुमार साहको संयोजकत्वमा छानविन समिति बनाइएको थियो । उनको संयोजकत्वमा सदस्य, प्रा.डा. दुर्गा देवकोटा र सदस्य प्रा. नारायणदत्त जोशी सहित तीन सदस्यीय रहेका थिए ।उनीहरूले पत्र बुझ्न अस्वीकार गरेपछि बलजफ्ती ईमेलबाट हालिएको स्रोतले बतायो । प्रा.डा. दुर्गा देवकोटा पनि छानविन समितिमा नबस्ने भएकी छन् ।

Share: