
काठमाडौँ / सनराज बैंक लिमिटेडको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।रामकृष्ण मानन्धरको नाममा रहेको शेयरको मूल्य प्रतिकित्ता रू. १२५ र दवी श्रेष्ठको नाममा रहेको शेयरको मूल्य रू. १२८ तोकिएको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।आवेदन बैंकको केन्द्रिय कार्यालय गह्रिधारा, काठमाडौंमा पेश गुर्नुपर्ने बैंकले जानकारी दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ।