
ठमाडौँ/बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीमा रहेको बुढीनन्दा क्याम्पसमा आइतबारबाट हवाई फायर भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ढुंगा प्रहार हुन थालेपछि प्रहरीले नियन्त्रणमा लिन २७ राउन्ड हवाई फायर गरेको हो ।इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक सुरजबहादुर सिंहका अनुसार स्ववियु निर्वाचन बिथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताले एकतर्फी रुपमा ढुंगा प्रहार गरेका थिए । स्ववियुको निर्वाचनमा विद्यार्थीहरु मतदान गरिरहेको अवस्थामा बजारबाट एमालेका कार्यकर्ताले निर्वाचन भइरहेको क्याम्पसमा ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नु परेको सिंहको भनाइ छ ।
निर्वाचनमा ढुंगा हान्नेलाई भगाउन अश्रुग्यास पनि प्रहार गरिएको छ । हवाई फायरपछि स्थिति नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सिंहको भनाइ छ । ढुंगा प्रहारपछि आधा घण्टा मतदान स्थगित भए पनि पुन: नियमित भएको सिंहले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पर्ने बुढीनन्दा क्याम्पसमा तीन दलीय भातृ संगठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।