तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउनसक्छ : अर्थविद् पोखरेल

221
0
Share:

काठमाडौँ/अर्थविद डा. गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन्।सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।उनले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाइ छ।

 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका अर्थविद् डा. पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए।उनले भने, ‘हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ। हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ। हामी यस्तो ट्रेनमा गइसक्यौँ कि विकास खर्चलाई पूरै ऋण लिनुपर्ने अवस्था छ। हाम्रो चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ।

 

हिजो साँझ सम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो। अब कति ऋण लिएर चलाउने हो?’अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको पनि बताए।

Share: