सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको विषयलाई नउठाँउ भन्दा उठाइयो , गठबन्धनमा असमझदारी त्यहीँबाट उत्पन्न भयो :प्रचण्ड

237
0
Share:

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् विघठनको विषय संसद्मा र बाहिर नउठाउने भन्दै गठबन्धन गर्दा भएको सहमति नेकपा एमालेले तोडेको बताएका छन् ।प्रतिनिधि सभाको जारी बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्दै प्रधानमन्नत्री दाहालले त्यही सहमति तोडिएकाले नै गठबन्धमा अविश्वास पैदा भएको बताए ।

 

‘विगतका असमझदारीलाई नउठाउने सहमति गरेका थियौँ । तर, तोड्ने काम भयो,’ प्रधानमन्त्रीले भने, ‘दुई दुई पटक सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको विषयलाई नउठाँउ भन्दा उठाइयो । गठबन्धनमा असमझदारी त्यहीँबाट उत्पन्न भयो ।’राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गथथर्ने प्रस्तावपछि एमाले र राप्रपाले आफुलाई दिएको विश्वास फिर्ता लिएको प्रधानमन्त्री दाहालले बताए ।

राष्ट्रप्रमुख राष्ट्रिय सहमतिको हुनुपर्छ भन्ने आफ्नो प्रस्ताव नाजाहेज थियो र भन्ने प्रश्न पनि संसद्मा प्रधानमन्त्रीले गरे । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

Share: