प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ? सरकारलाई प्रश्न ?

197
0
Share:

 

काठमाडौँ/ राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राखेकी हुन् ।‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, ाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’ पौड्यालले प्रश्न गरिन् ।

 

संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उनले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकी छन् । उनले अगाडि सोधिन्, ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन ?’

 

राष्ट्रियसभा सदस्य पौड्यालले यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुका साथै सरकारको जवाफ पनि मागेकी छन् ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ गरेको थियो । त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए

यो पनि पढ्नुहोस् :

ब्याजदर मिनाह गर भन्दै प्रचण्ड विरुद्ध बानेश्वरमा नाराबाजी गर्नेको खुल्यो पहिचान (यी हुन् पक्राउ पर्ने)

 

यो पनि पढ्नुहोस् :

प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्ने ३ जना पक्राउ

Share: