विद्युतीय धरापमा परेर एकको मृत्यु

131
0
Share:

काठमाडौँ/सर्लाहीको बलरामा विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गएको छ । बुधबार राति नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका– ५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय धरापमा परेर ज्यान गएको हो ।जंगली जनावरलाई थापिएको विद्युतीय धरापमा परेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महतो राति पिसाब फेर्न जाँदा छिमेकीको मकैबारीमा थापेको विद्युतीय धरापमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

 

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए । महतोको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपश्चात् परिवारले बुझेर लगेका छन् ।

 

जंगली जनावरले बालीनाली खाएर दुःख दिन थालेपछि किसानले यसरी खेतबारीमा विद्युतीय धराप थाप्ने गरेका छन् । त्यसमा परी बर्सेनि मानिसको करेन्ट लागेर ज्यान जाने गरेको छ ।

 

Share: