लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

131
0
Share:

काठमाडौँ/दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरले भोली अर्थात चैत १३ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

एनएलजी इन्स्योरेन्सले चैत २० गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटारमा १७ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा बिहान साढे १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।त्यस्तै, सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।

 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा साधारणसभा गर्ने जनाएको छ ।

 

Share: