नेस्डोले ७३.६८ प्रतिशत लाभांश दिने

149
0
Share:

काठमाडौँ/नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

 

Share: