काग्रेसको नीति अधिवेशनबारे जुम मिटिङ गरिदै , महामन्त्री थापाले सम्बोधन गर्ने तालिका

214
0
Share:

काठमाडौँ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीति अधिवेशनका सन्दर्भमा प्रकाश पार्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आज साँझ आयोजित जुम मिटिङमा थापाले नीति अधिवेशनबारे धारणा राख्ने छन् ।

 

नीति अधिवेशनमा सहभागिता र मस्यौदा तयारी तथा परिमार्जनको विधिबारे थापाले प्रष्ट पार्न केन्द्रीय सदस्य आचार्यले बताए ।उनले भने, ‘नीति अधिवेशनप्रति व्यापक अपनत्व कसरी सृजना गर्ने ? पारित नीति कार्यान्वयनको सुनिश्चितता र अनुगमनको प्रबन्ध कुन किसिमको हुने ? यसबारे पनि महामन्त्रीले भन्नुहुन्छ ।’

 

जुम मिटिङमा सहभागी हुनेहरूले नीति महाधिवेशनमाथि केन्द्रित रहेर आफूलाई लागेको सुझाव राख्न सक्ने उनको भनाइ छ ।

 

Share: