कोशी प्रदेशमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

129
0
Share:

काठमाडौँ/ जनता समाजवादी पार्टीका नेता अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

आइतबार भएको बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए ।

 

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे ।

Share: