उपराष्ट्रपतिलाई गृह जिल्लामा भव्य स्वागत

134
0
Share:

काठमाडौँ/उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई उहाँको गृह जिल्ला बारामा भव्य स्वागत गरिएको छ ।उपराष्ट्रपति भएपछि पहिलो पटक आज गृह जिल्ला आउनुभएका उपराष्ट्रपति यादवलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उहाँलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सरकाका अर्थ मन्त्री संजय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, संघीय सांसद, प्रदेश सांसद सुरक्षा निकायका प्रमुखहरू, जसपाका केन्द्रदेखि जिल्ला तहका नेताहरू लगायतकाले फुलमायाले स्वागत गर्नुभयो ।

 

गृह जिल्लामा दुई दिनसम्मको बसाइँमा उपराष्ट्रपतिलाई जिल्लाको विभिन्न ठाउँमा स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।उहाँले बारामा रहँदा गढीमाई मन्दिर, कंकाली मन्दिर लगायतका शक्तिपिठहरूमा पूजापाठ गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

 

Share: