इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने र जडान शुल्क पनि घट्ने

136
0
Share:

काठमाडौँ/ सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको जनाएको छ। आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको जानकारी दिएका हुन् ।

 

इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अगाडि बढाएको जानकारी दिदै उनले यसमा प्रधानमन्त्रीको समेत विशेष चासो रहेको बताए। त्यसका लागि सम्बन्धित एजेन्सीसँग छलफलको प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए।

 

तस्तै मन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटका लागि लिँदै आएको शुल्क घटाउन लागिएको बताए।ठेकेदारसँग भएको सम्झौताबाट शुल्क घटाउन नसकिने तर सरकार आँफैले बेहोर्ने गरी इम्बोस्ड नम्बर प्लेट जडान शुल्क घटाउने व्यवस्था मिलाइँने उनले बताएका हुन् ।

 

कार्यभार सम्हालेको ३ महिना पुगेको अवसरमा यस विचमा भए गरेका कार कारवाही र प्रगतिको विवरण सार्वजनिक गर्न मन्त्री श्रेष्ठले आज पत्रकार सम्मेलन गरेका हुन् ।

 

Share: