रंगकर्मीहरुलाई श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद हो :अभिनेता खनाल

241
0
Share:

काठमाडौँ/ अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औँ वर्ष भए पनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन् ।

 

सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताएका हुन् ।

 

कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्न सक्ने थियौँ । हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेको छु ।

 

हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ ।’ अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताउनु भयो ।

 

Share: