मिटरव्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाईय़ो ,महानगरका प्रहरी तैनाथ

176
0
Share:

काठमाडौँ/काठमाडौं महानगरपालिकाले न्याय खोज्दै बर्दिबासबाट हिँडेर आइपुगेका मिटरव्याजपीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाउने तयारी गरेको छ । उनीहरूलाई त्यहाँ पस्न नदिन महानगरका प्रहरी तैनाथ गरिएको हो ।

 

मिटरव्याजपीडितहरू हेटौंडा हुँदै बन्दोबस्तीका सामानसहित १२ दिनको पैदल हिँडेर राजधानी आइपुगेका छन् ।करिब एक सय हाराहारीको समूहमा रहेकाहरू आफ्नो माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने अडानमा छन् ।

 

पीडितलाई न्याय दे, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गरजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने इच्छा राखेका छन् ।मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन् ।

यो पनि पढ्नुहोस :

सरकारले मिटर ब्याज पीडितहरुको समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा जान्छौ : सी के राउत

Share: