
काठमाडौँ/बाग्मती प्रदेशका मुख्यमन्त्री शालीकराम जमकट्टेलले स्थानीय तहले उत्पादन र रोजगारीमा जोड दिएर काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसको अबसरमा मन्त्री जमकट्टेलले सानो पुँजी नछरीकन देखिने गरी उत्पादन र रोजगारीमा काम गर्नुपर्ने बताएका हुन् ।उनले पुहुँचको आधारमा ल्याएको अनुदानले काम नगरेको हुनाले अव बाग्मती प्रदेशले एक क्षेत्रमा एक पकेट क्षेत्रका आधारमा समुह अथवा सहकारीलाई मात्र अनुदान दिने बताए ।
यसमा महिला समुह र कृषि समुह प्राथमिकतामा पर्ने स्पस्ट पारे । उनले समुदायमा आधारित योगदान प्रणालीमा प्रदेश सरकारले जोड दिने पनि बताए ।उनले प्रदेशमा शिक्षा, स्वास्थ्य,रोजगारी भन्दा पनि बाटो निर्माणको माग बढि आउने गरेको बताए । नेपाली जनताको अपनत्व सहितको व्यवस्था संघियता र संवैधानिक सर्वोच्चता आजको आवश्यकता भएको उनको भनाई थियो ।
मन्त्री जमकट्टेलले संघिय सरकार परिवर्तन भएपनि स्थानिय सरकार स्थीर रहनुपर्नेमा जोड दिए । बनेपा नगरपालिकाले प्राथमिक क्षेत्र निर्धारण गरि ल्याएका आयोजनालाई प्रदेशले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बनेपाको मुहार फेर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले बनेपा ऐतिहासिक सहर भएकाले कला संस्कृतिको जर्गेना गर्दै मल्लकालीन सहरको संरक्षण गर्न सुझाव दिए । उनले बनेपा ब्यापारीक नगरी भएकाले बजारीकरणमा ध्यान दिन आग्रह समेत गरेका थिए।