
काठमाडौँ/नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताउनुभएको हो ।
उहाँले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताउनु भया। नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तनहुँ १ मा नेपाली काँग्रेसकै जित सुनिश्चित छ । यसैपनि त्यो क्षेत्र नेपाली काँग्रेसले नै जितको क्षेत्र हो ।
अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मत भन्दा बढी मत थप्न अहिले जति प्रतिष्पर्धी साथीहरु हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरु र पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ। जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरुबाट नै मेले निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’