
काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रमा उमेद्वार चयन गरेको छ ।
राप्रपा संसदीय समितिको आज बसेकोबैठकको निर्णयअनुसार तनहुँ २ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले भने उम्मेदवार ढुंगो लगाइसकेका छन् ।