सन्दीपको मुद्दाको फैसला पेशी घिमिरेको इजलासमा

Share:

काठमाडौँ/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशीका लागि इजलास तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।

 

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उहाँकै कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गरिएको थियो ।

 

गत ५ भदौमा राति सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भएपछि पछिल्लो समयमा भने किशोरीको जाहेरी  विवादास्पद हुँदै गएको छ । मुख्यतः उनी नाबालिग हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।

 

यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्र्याक’बाट टुङ्ग्याउन आदेश दिएपछि जिल्ला अदालतले आज पेशी तोकेको हो ।

 

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

 

चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो । त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।

 

 

Share: