लामिछाने विरुद्ध परेका ३ दाबि विरोधका उजुरी खारेज, उम्मेदवारी कायमै

Share:

काठमाडौँ/ चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

 

लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दावी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ ।

 

लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजरी गरेका युवराज खत्री सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाईको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए ।

 

यो पनि पढ्नुहोस् :

राहदानी दुरुपयोग विरुद्धको मुद्दाको सुनुवाइ सकियो , आजै आदेश आउने

Share: