विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघ्यो : ढकाल

128
0
Share:

काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको बताएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकको आकष्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले भने,’विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन्, शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्ने छर्लङ्ग भएको छ।’

 

उनले लागुऔषध बोकेका कुरा नदेख्ने एयरपोर्टका कर्मचारी र प्रणालीले यात्रुका सुटकेस र बाकस फुटाइरहेको देख्दा भ्रष्टाचारले जरो गाडेको देखिन्छ ।

 

Share: