सुनको मूल्य शुक्रबार पनि धट्य़ो (आजको कारोबार मूल्य सहित)

140
0
Share:

काठमाडौँ/ नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बिहिबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

 

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

 

Share: