
काठमाडौं/मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले वैदेशिक रोजगारीमा गइ मृत्यु भएका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



