सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गरौ : संसद शाही

145
0
Share:

काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उनले भने, कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुस् । तपाईंलाई हाम्रो हार्दिक स्वागत छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।उनका अनुसार संघीय निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको छ ।

 

कानुन र अर्थ मन्त्रालयको राय प्राप्त भएपछि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर संसदमा ल्याउने तयारीमा सरकार रहेको संघीय मामिलामन्त्री मोदीले बताएका छन् ।

Share: