अडियो प्रकरण :यो निर्वाचन फन्डा हो ,न्यायालय बाट नै क्लिन चिट लिएर आउछु

242
0
Share:

काठमाडौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए।पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजो बाटै न्यायालयमा गैसकेकाले क्लिन चिट लिएर आउने बताए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको अनुशासन आयोगले छानबिन गरी बुझाएको प्रतिवेदन र निर्णय गर्न आज केन्दिय समितिको बैठक बसेको थियो।

 

 

बैठक पछि अडियो प्रकरणका बारेमा बोल्दै संसद ढाका कुमार श्रेष्ठले यो हाम्रो पाटीलाई फसाउन र उप निर्वाचनमा हामीलाई पराजित गर्ने फण्डको रुपमा यस अडियोलाई लिएको उनको दाबि छ। उनले पत्रकार संग संछिप्त प्रतिक्रिया दिदै आफुले कानुनि बाटो खोजिसकेको र केहि समय भित्र नै यसको बास्तविकता सबैको सामुन्ने ल्याउने बताएका छन्।

 

 

न्यायलय बाट सत्य तथ्य आउनेजेल कुर्दीनका लागि आम जनमानस र संचारकर्मीलाई समेत अपिल गरेका छन्। सगै उनले यो उप निर्वाचनमा आफ्ना पाटीका उमेद्वारलाई निर्घक्क भएर मतदान गर्न समेत आग्रह गरेका छन्। उनले यो अडियो आफ्नो नभएको र यस्ता अडियो अहिले बर्खारै बनाउन सकिने दाबि समेत गरेका थिए।

 

दुर्गा प्रसाईंसँग रास्वपाका सांसाद ढाका कुमारले २ करोड रकम मागेको अडियोको आवाज आफ्नो नभएको दाबी अस अगी बाटै गर्दै आएका थिए ।

 

यो समाचार पढ्नु भयो ?

‘फोन टेप’ बाहिरिए पछि सांसद श्रेष्ठलाई रास्वपाले गर्यो निलम्बित, थप अनुसन्धान पाटीले गर्ने

Share: