
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीले आज बसेको केन्द्रीय समितिको बैठक बाट पार्टी बाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका माननीय डा. ढाका कुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गरेको छ ।
उनि यस अगी ब्यवासाही दुर्गा प्रसाई संगको अडियो प्रकरण करोडौ मागे पछि निरन्तर विवाद र संसद को काम नगर्न पाटीले आदेश दिई सकेको थियो। आज भने उनले आफ्नो अडियो नभएको र आफु न्यायलय बाट नै क्लिन चिट ल्याउने दाबि पत्रकार संग आज पाटि कार्यालयमा गरेका थिए।
कारवाही पछि पाटीले जारि गरेको विज्ञप्तिमा भनिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकलाई पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका माननीय डा. ढाका कुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गरेको छ । संगै उनकै ठाउमा पाटीले अर्को संसदलाइ मौका दिने गरि निर्णय गरेको छ।
ढाका कुमारको सांसद पद खारेज गरी उक्त रिक्त सांसद पदमा कानुन बमोजिम निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक बन्दसूची क्रमानुसार श्री बिन्दबासीनी कंसाकारलाई निर्वाचित गरी प्रतिनिधि सभा सदस्य पदमा स्थापित गर्ने प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।
यो समाचार पढ्नु भयो ?
अडियो प्रकरण :यो निर्वाचन फन्डा हो ,न्यायालय बाट नै क्लिन चिट लिएर आउछु