काभ्रेको पाचखालमा सडकको काम गर्दै गर्दा पहिरोमा परि एक मृत्यु , ४ घाईते

Share:

काठमान्डौ/काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर ८ मा निर्माणधिन सडकको ग्याविन जालि भर्ने क्रममा माथि बाट सुख्खा पहिरो खस्दा एक जना मजदुरको पुरिए मृत्यु भएको छ ।

 

आज दिउँसो करिब साडे एक बजे तिर ग्याविन जाली भर्ने क्रममा माथि बाट पहिरो खसेको थियो ।सोहि पहिरोमा परि ५ जना मजदुर पुरिएका हुन् ।

 

सुख्खा पहिरो पुरिएर घाइते भएका ४ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनकारी दिएको छ ।

 

Share: