तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

135
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताउनुभएको छ । तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

 

लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । “तनहुँवासी अहिले भ्रममा परेर अल्मलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ”, उपसभापति गुरुङले भन्नुभयो, “दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ ।” उहाँले दोधार नभइ लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

 

लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन हुन्छ : डा रिजाल

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन सम्भव रहेको बताउनुभएको छ । तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उहाँले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताउनुभयो ।

“लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्र्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम गरेको छ, हरेक कुराको अभिव्यक्ति दिएर जनताको अधिकार पूरा गर्नसक्ने व्यवस्था निर्माण पनि लोकतन्त्रले नै गरेको हो”, उहाँले भन्नुभयो । राष्ट्र निर्माणमा कसैले पनि रोक लगाउन नसक्ने उहाँको भनाइ छ । लोकतन्त्र र संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

 

लोकतान्त्रिक विचारधाराले एकता कायम भएका सत्ता साझेदार पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत डा रिजालले अपिल गर्नुभयो । हिँडेर यात्रा गर्नुपर्ने तनहुँको सदरमुकाम आवतजावतमा अहिले हरेक समय समयमा सवारीसाधन चल्ने गरी विकास भएको उहाँले दाबी गर्नुभयो । तनहुँको विकास कांग्रेसको नेतृत्वमा नै ग्रामीण क्षेत्रका जनताले सहजता कायम भएको उहाँले बताउनुभयो ।

 

Share: