कांग्रेस काभ्रेले वैशाख ३० गते जिल्ला सम्मेलन गर्ने

166
0
Share:

काठमान्डौ/नेपाली कांग्रेस काभ्रेले वैशाख ३० गते जिल्ला सम्मेलन गर्ने भएको छ । शनिवार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले ३० गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला कार्यसमितिका सचिव माधव ढकालले जानकारी दिए ।

 

१ सय ३५ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधी सम्मेलनमा सहभागी हुनेछन् ।बैठकले वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि सबै स्थानीय तह र वडा कार्यसमितिलाई निर्देशन दिएको छ ।

 

चैत्र २ गते सम्पन्न नेपाली कांग्रेस काभ्रेको बैठकले चैत्र मसान्त भित्र सबै वडाको सम्मेलन सकेर गाउँपालिका र नगरपालिका कार्यसमितिको सम्मेलन सक्न निर्देशन दिएको थियो ।

 

 

Share: