७० करोड घुस काण्ड : कर्मचारी विरूद्ध मुद्दा, गोकुललाई उन्मुक्ति किन ?

Share:

काठमान्डौ/सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एमाले नेता गोकुल बास्कोटाले उन्मुक्ति पाएका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त घटनामा संलग्न सुरक्षण मुद्रण विभागका कार्यकारी अध्यक्ष विकल पौडेलसहित नौ कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा बास्कोटा भने छुटेका हुन् ।

 

तीन वर्षअघि उनै बास्कोटाले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रूपैयाँ घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्र र कार्यकारी निर्देशक पौडेल बीच खुला प्रतिस्पर्धा थियो । तर मन्त्रीले धोका दिएको भन्दै उनै मिश्रले बास्कोटाको अडियो सार्वजनिक गरिदिएका थिए ।

 

अडियो प्रकरण पनि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले अन्य कर्मचारी विरूद्ध मुद्दा पर्दा उन्मुक्ति पाएको आयोगको आरोप पत्रबाट देखिन्छ ।सोही प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले बास्कोटा र पौडेलमाथि नै छानविन गर्न आयोगलाई सिफारिस गरेको थियो ।

 

यसबारेमा जिज्ञासा राख्दा अख्तियारका प्रवक्ता भोला दाहाल आयोगले निकालेको विज्ञप्ती वाहेक आफूलाई केही जानकारी नभएको बताए । ‘अहिले आयोगले निकालेको विज्ञप्तीमा जे छ त्यत्ति हो, मलाई थप जानकारी भएन।

 

यो समाचार पढ्नु भयो ?

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर

Share: