नेपाललाई मलेसिया विरुद्ध पाँचौं सफलता

127
0
Share:

काठमान्डौ/एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पाँचौं सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङमा नेपाल उत्रिएको थियो ।नेपालका लागी पहिलो सफलता ५.५ ओभरमा गुलसन झाले ओपनर मोहमद अमिरको विकेट , ३३.२ ओभरमा सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजको विकेट पाएको हो ।

 

३७.१ ओभरमा विरन्दीपसिंहलाई ललित राजवंशीले आउट गराउँदा नेपालले तेस्रो सफलता पाएको हो । त्यसैगरी ३९.१ ओभरमा चौथो विकेट गुमाएको मलेसियाले ४०.४ ओभरमा पाँचौं विकट पनि गुमायो । मलेसियाले ४२.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको छ ।

 

मलेसियाका लागि कप्तान अहमद फेज ७६ रन बनाएर आउट भए,९५ बल खेलेका उनले ८ चौका र एक छक्काको मद्दतले ७६ रन बनाए। उनलाई भिरनदिप सिंहले साथ दिएका थिए। सिंह ४६ रन बनाएर आउट भए।

 

प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

 

Share: