चक्कु प्रहार बाट महिलाको मृत्यु

Share:

काठमान्डौ/काठमाडौंको कपनमा चक्कु प्रहार बाट महिलाको मृत्यु भएको छ ।बागलुङको बडिगाड गाउँपालिका घर भई कपन सरस्वती नगर बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको चक्कु प्रहारबाट मृत्यु भएको हो ।

 

बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आचार्य सरस्वती नगरमा भाँडाकुडाको पसल चलाउँदै आएकी थिइन् ।

Share: