शिर्ष तिन दलले नाम नदिँदा संसदीय सुनुवाइ समितिहरु गठनमा विलम्ब हुने निश्चित

Share:

काठमान्डौ/प्रमुख तीन दलले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठनमा विलम्ब हुने भएको छ ।संसदको आज बुधबार दिउँसो ३ बजे बोलाइएको बैठकको प्रस्तावित कार्यसूचीमा संसदीय सुनुवाइ समितिका सदस्यहरु मनोनयनका लागि प्रस्ताव गर्ने पनि थियो ।

 

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरुले आफ्ना प्रतिनिधिको नाम दिएनन् । नेपाली कांग्रेस, एमाले र माओवादीले नै सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम नदिएका हुन् । सभामुखले भोलिसम्म नाम दिन आग्रह गरेका छन् ।

 

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्ष र प्रतिपक्षबीच बृहत्तर सहमतिको प्रयास भइरहेकाले समिति गठनमा विलम्ब भएको बताए । ‘हामी निरन्तर छलफलमा छौं, आज पनि छलफल गर्छौं र यसलाई चाँडोभन्दा चाँडो टुंग्याउँछौं,’ लेखकले बताए।

 

Share: