लामिछानेलाई रोजेको मन्त्रालय दिन तयार हुनु पर्छ : किराती

139
0
Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री किरातीले जनताले लोकप्रिय मत दिएकाले लामिछानेलाई रोजेको मन्त्रालय दिन तयार हुनुपर्ने बताए । त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको उनले बताए ।

 

मन्त्री किरातीले देशको अर्थतन्त्र संकटमा रहेकाले राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बताए । ‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ । सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौं,’ उनले भनेका थिए ।

 

Share: