डा. स्वर्णिमले रोजे अर्थ समिति

117
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समिति रोजेका छन् ।सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।

 

अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए ।उक्त समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत छन् ।

 

एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।

Share: