सुन–चाँदीको मूल्य घट्यो (आजको कारोबार मूल्य सहित)

Share:

काठमान्डौ/मंगलबार नेपाली बजारमा घटेको छ।गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको थियो।सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Share: