अमेरिका पठाउने भन्दै करोडौं ठगी गरेको आरोपमा राई पक्राउ

258
0
Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ परेका छन् ।

 

राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले राससलाई जानकारी दिनुभयो ।

 

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नता रहेको देखिएकाले पक्रा िगरिएको उहाँको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ ।

 

रामबहादुर थापा गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्न भएको समाचार प्रकाशित भएको थियो ।

 

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ जना पुगेको छ ।

Share: