
काठमान्डौ/चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा ६ जना विरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी परेको छ ।मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै उनका परिवारले ६ जना विरुद्ध उजुरी दिएका छन् ।
कँडेलको सुसाइड नोटमा नाम उल्लेख गरिएका आधारमा उनीहरुविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा किटानी जाहेरी दिइएको स्रोतले जनाएको छ ।भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए ।