सत्ता गठबन्धनको बैठक सुरु , रास्वपा सरकारमा आए भागबण्डा साटफेर हुने

Share:

काठमान्डौ/सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनदलको बैठक सुरु भएकाे हो।बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ ।

 

उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालय सहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राख्दै आएको छ। यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दल बीचको भागबन्डामा साटफेर हुन सक्ने सम्भावना छ ।

 

Share: