नवनियुक्त तीन मन्त्रीको सपथ भोलि ३ बजे हुने

120
0
Share:

काठमान्डौ/नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण बिहीबार मात्र हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको सपथ भोलि दिउँसो ३ बजे हुने जानकारी दिएका छन् ।

 

राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्। बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।

Share: