Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उपप्रधानमन्त्री सिंहद्धारा लौहपुरुष सिंहको सालिकमा माल्यार्पण – Lekhanpeeth

उपप्रधानमन्त्री सिंहद्धारा लौहपुरुष सिंहको सालिकमा माल्यार्पण

159
0
Share:

काठमान्डौ/उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका छन्।

 

उपप्रधानमन्त्री सिंहले आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका हुन । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको भूमिका महत्वपूर्ण रहेको बताए।

 

“नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । उहाँले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन”, उपप्रधानमन्त्री सिंहले भने। नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले ‘कु’ गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिएको उनले बताए ।

 

मुलुकमा जनतालाई सार्वभौमसत्ता र अधिकारसम्पन्न बनाउन सिंहमा प्रतिबद्धता र समर्पण भावना रहेकाले जनताका बीच रुचाइएका नेताका रुपमा परिचय बनाउन सकेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे। कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो ।

Share: