एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

166
0
Share:

काठमान्डौ/नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिने भएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सन्दीप बुधबार बुटवलबाट पक्राउ परेका थिए ।

 

सन्दीप पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् । १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा प्रहरीले मङ्गलवार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

 

त्यस्तै, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । सचिव पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यो समाचार छुटाउनुभयो कि:

टाेपबहादुरका छाेरा सन्दीप बुटवलबाट पक्राउ

 

Share: