नवनियुक्त तीन मन्त्रीहरूले लिए शपथ

129
0
Share:

काठमान्डौ/नवनियुक्त तीन जनामन्त्रीहरूले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले कानुनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पद तथा गोपनीयताको शपथ गराए ।

 

तीनै जनामन्त्रीहरू कांग्रेस कोटामा नियुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बुधबारै मन्त्री नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । तीन जनामन्त्रीले बिहीबार शपथ ग्रहण गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन परिवर्तन गरेपछि एमालेले सरकार छाडेको थियो । एमालेले सरकार छाडेपछि रिक्त रहेका मन्त्रालयहरू प्रधानमन्त्रीले आफ्नै जिम्मामा राखेका थिए ।

Share: