रास्वपाको बैठकलाई लक्षित गर्दै हर्कले भने ‘रास्वपा सरकारमा जानैपर्छ’

289
0
Share:

काठमान्डौ/धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जानै पर्ने बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । आज केन्द्रीय कार्यसम्पादन समिति र संसदिय दलको संयुक्त बैठक आह्वान गरेको सन्दर्भ पारेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका हुन् । उनले काम गर्नेको हात कार्यकारी अधिकारमै हुनुपर्छ भन्दै रास्वपालाई सरकारमा जान आग्रह गरेका छन् ।

उनले लेखेका छन्,’रास्वपा सरकारमा जानुपर्छ ! काम गर्नलाई हातमा कार्यकारी अधिकार हुनै पर्छ नत्र बहिरालाई सुनाउनु र ढुङ्गालाई सुनाउनु एउटै हो !’

 

आज रास्वपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

Share: