
काठमान्डौ/ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पोलहरूमा भएको अव्यवस्थित तारलाई व्यवस्थापनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट असहयोग भएको बताएका छन् । सामाजीक सञ्जालमा मार्फत उनले अब महानगरले आफ्नै अधिकार प्रयोग गरी तार व्यवस्थापन गर्ने बताएका हुन्।
तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको उनले बताएका छन् । उनले भनेका छन,‘ हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ, यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो, तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो।’
उनले समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताए। उनका अनुसार गत वर्षमात्रै अव्यवस्थित तारहरूको कारण ५३ ठाउँमा आगलागी भएको तथ्याङ्क छ।